प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने भएको छ।
संसद सचिवालयले मंगलबार सूचना प्रकाशित गरी ९ गतेका लागि बोलाइएको बैठक ११ गते बस्ने गरी सारिएको जनाएको छ। बैठक दिनको २ बजे बस्ने छ।
सो दिन (९ गते) विशेष कारणबस बैठक बस्न नसक्ने भएकोले सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ११ गते बैठक बोलाएका संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को आग्रहमा बैठक सारिएको स्रोतले जनाएको छ।
याे पनि : प्रतिनिधि सभाको बैठक सर्ने
9
Shares

प्रतिक्रिया