राजनीति


रेमश चौधरी वीर अस्पताल भर्ना

रेमश चौधरी वीर अस्पताल भर्ना

नेपालखबर
असार ५, २०७६ बिहिबार १२:४०,

सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर घटनामा दोषी ठरह भएर जेल जीवन बिताइरहेका सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन्।

हाडमा ट्युमर भएका उनको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अपरान्ह वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।

फोक्सो र बोनम्यारोमा समस्या देखिएको रेशमका भाइ मिठुलाल चौधरीले नेपालखबरलाई बताए। ‘१०–१५ दिनदेखि अस्पताल धाउँदै आउनु भएको थियो। हिँड्न आफ्ठ्यारो भएको कारण बैशाखीको साहाराले हिँड्नु हुन्थ्यो। अचानक स्वास्थ्य अझ बिग्रिएपछि अस्पताल भर्ना गर्नुपरेको हो। उहाँको फोक्सो र बोनोम्यारोमा समस्या देखिएको छ।’

वीरमा उनको स्वास्थ्य परीक्षण भइरहेको छ। चौधरीले पहिलैदेखि दिनहुँ वीरमै फिजियो थेरापी गराउँदै आएका छन्। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा रेशम चौधरी १५ महिनादेखि जेलमा छन्। उनलाई डिल्लीबजार सदरखोरमा राखिदै आएको छ।

केहीअघि कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। २०७४ मंसिरमा भएको संसदीय निर्वाचनमा उनी कैलाली–४ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .