राजनीति


दाजुले राजीनामा दिएकै दिन भाइले मन्त्रीको शपथ लिँदै

दाजुले राजीनामा दिएकै दिन भाइले मन्त्रीको शपथ लिँदै

नेपालखबर
असोज २४, २०७८ आइतबार १२:५८, काठमाडौँ

दाजु गजेन्द्रबहादुर हमालले संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएकै दिन उनका सहोदर भाइ सुरेन्द्र हमाल लुम्बिनी प्रदेशका मन्त्री बन्ने भएका छन्। 

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट बाँके निवासी सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्दैछन्। उनी संघीय मन्त्रीबाट राजीनामा दिएका गजेन्द्रका सहोदर भाइ हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिबारे प्रश्न उठेपछि राजीनामा गर्न भनेका थिए। हमालले आइतबार बिहान पदबाट राजीनामा बुझाएका हुन्। 

यसकारण मैले मन्त्री पदबाट राजीनामा दिएँ : गजेन्द्र हमाल

उता लुम्बिनीमा उनकै सहोदर भाइ सुरेन्द्र वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्न लागेका हुन्। बाँकेको प्रदेशसभा २(ख) बाट निर्वाचित हमाल नेपालगन्ज निवासी हुन्। 

उनी नेपालका चर्चित ओलम्पियन पनि हुन्। कुनै बेला उनी नेपालका सबैभन्दा बलियो व्यक्तिका रुपमा पनि परिचित थिए। गजेन्द्र र सुरेन्द्र परिवारका ६ जना दाजुभाइ हुन्। 

लुम्बिनी प्रदेश सरकार आइतवार विस्तार हुने पक्का भएको हो। मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन् । उनी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

यता दाजु गजेन्द्रले राजीनामा दिँदै यो अवसरका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्। 

‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चारमाध्यमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले राजीनामा दिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .