कारोबार


सानिमा बैंकको वार्षिक साधारणसभा कात्तिक १४ गते, के छन् पारित गर्ने प्रस्तावहरु?

सानिमा बैंकको वार्षिक साधारणसभा कात्तिक १४ गते, के छन् पारित गर्ने प्रस्तावहरु?

नेपालखबर
असोज २४, २०७८ आइतबार १२:५८, काठमाडौँ

सानिमा बैंकले आगामी कात्तिक १४ गते वार्षिक साधारणसभा गर्ने भएको छ। 

बैंकको २२ गते बसेको सञ्चालक समितिको ४८९औँ बैठकले १७ औँ वार्षिक साधारणसभाको मिति तय गरेको हो। 

यसअनुसार कात्तिक १४ गते बालुवाटारस्थित आम्रपाली ब्यान्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्ने बैंकले जानकारी दिएको छ। 

योसँगै १७औँ वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द गरिएको बैंकले जनाएको छ। 

बैंकका अनुसार नेपाल स्टक एक्सचेन्जमा बुक क्लोजभन्दा अगाडिको दिनसमम कारोबार भई सेयर खरिद गरी नियमानुसार उनीहरुको नाममा सेयर नामसारी भई आएका सेयरधनीहरु सो सभामा भाग लिनसक्ने र आव २०७७÷०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य रहेका छन्। 

उक्त साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल र पारित हुनेलगायतका प्रस्ताव गरिएका छन्। 

त्यस्तै बैंकले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस सेयर वितरणको विशेष प्रस्ताव स्वीकृत गर्नेछ। 

त्यस्तै बोनस सेयर वितरणपछि बैंकको हालको जारी तथा चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ ४० पैसालाई वृद्धि गरी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३ सय २६ रुपैयाँ ३८ पैसा पुग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .