राजनीति


लुम्बिनीमा दुई महिनापछि मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले शपथ लिँदै

लुम्बिनीमा दुई महिनापछि मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले शपथ लिँदै

नेपालखबर
असोज २४, २०७८ आइतबार १२:४४, बुटवल

लुम्बिनी प्रदेशमा आइतवार मन्त्रिपरिषद विस्तार हुने भएको छ। माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेको झण्डै २ महिना हुन लाग्दा सरकारले पूर्णता पाउन लागेको हो।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले नाम टुंग्याउन नसक्दा शुक्रबार हुने भनिएको विस्तार रोकिएको थियो। 

केन्द्रमा कांग्रेसका नेताहरुसँगको छलफलपछि मन्त्री बन्नेको नाम टुंगो लागेको हो। नयाँ मन्त्रीहरुको सपथ आजै तीन बजे हुने छ। 

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रूपन्देहीका बसिउद्धिन खाँ शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री बन्ने छन्। 

 पाल्पाका वीरवहादुर रानालाई ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री बनाउने निर्णय भएको छ। त्यसबाहेक कांग्रेसबाट अन्य राज्यमन्त्री बन्ने छन् । 

यसअघि कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी, पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री बनिसकेका छन्। 

माओवादी केन्द्रले यसअघि नै दाङका इन्द्रजीत थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय गरेको छ। 

राज्यमन्त्रीमा विमलाकुमारी खत्री वली जानेछिन्। माओवादीको भागमा थप तीन मन्त्रालय परे पनि एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिइने छ। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन्। 

माओवादी केन्द्रबाट यसअघि नै कृष्णध्वज खड्का आर्थिक मामिला तथा शहकारी मन्त्री बनिसकेका छन्। 

जसपाबाट सहश्रराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा मगर मन्त्री बनिसकेका छन्। नलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही पनि मन्त्री भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad