शिवम् सिमेन्टले नगद लाभांश वितरणको घोषणा गरेको छ।
कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार शिवमले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्नेछ।
गत शुक्रबार साँझ बसेको ९२औँ बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको थियो।
कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि करसहितको लाभांश वितरण गरिेने जनाइएको छ।
6
Shares

प्रतिक्रिया