राजनीति


सिमानाबाट चिनियाँ सेना नहटे हाम्रा सैनिक पनि त्यहीँ पठाउँछौं : भारतीय सेना प्रमुख

सिमानाबाट चिनियाँ सेना नहटे हाम्रा सैनिक पनि त्यहीँ पठाउँछौं : भारतीय सेना प्रमुख

भारतका सेना प्रमुख एमएम नरावणे


नेपालखबर
असोज २४, २०७८ आइतबार ५:३०, काठमाडौँ

भारतका सेना प्रमुख एमएम नरावणेले लद्दाखस्थित ‘एलएसी’ (लाइन अफ एक्चुअल कन्ट्रोल) मा चीनका सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिक पनि त्यहीँ रहने चेतावनी दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत–चीन सीमा लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) चिनियाँ सेनाले ठूलो मात्रामा भौतिक संरचना निर्माण जारी राखेपछि भारतीय सेना आक्रोशित भएको हो। 

भारतीय सेना प्रमुख नरावणेले भनेका छन्, ‘यदि उनीहरू त्यहीँ बसिरहे भने हामी पनि त्यहीँ बस्नेछौँ।’ 

एलएसीमा चिनियाँ सेना रहिरहे अवस्था पाकिस्तानी सीमा क्षेत्रको जस्तै हुने चेतावनी नरावणले दिएका छन्। 

अघिल्लो वर्ष जुनमा लद्दाखस्थित गलवान उपत्याकामा भारतीय सेना र चिनियाँ सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए। तर चीनतर्फको क्षति अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। 

भारतीय सञ्चारमाध्यमका अनुसार गत साता अरुणाचल प्रदेशको तवाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिक आमनेसामने भएका थिए।

त्यस क्रममा चीनका २ सय सेना तिब्बत हुँदै भारत प्रवेश गरेको र तीमध्ये केही भारतको नियन्त्रणमा रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .