इरानका पूर्वराष्ट्रपति अबुलहसन बनिसद्रको निधन भएको छ।
सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा पहिलो राष्ट्रपति बनेका अबुलहसनको ८८ वर्षको उमेरमा शनिबार फ्रान्समा निधन भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी सन् १९८० मा राष्ट्रपति चुनिएका थिए। सत्ता सम्हालेको १६ महिनापछि नै मुलुकमा बढ्दो धर्मगुरुहरूको शक्ति नियन्त्रण गर्ने प्रयास गरेपछि महाअभियोग लगाई उनलाई बर्खास्त गरिएको थियो।
त्यसपछि उनी देश छाडेर फ्रान्स पलायन भएका थिए। लामो समयदेखि बिरामी उनको उपचारका क्रममा पेरिसस्थित एक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ।
63
Shares
प्रतिक्रिया