करारका कर्मचारीले बुधबार पनि सिंहदरबारमा प्रदर्शन गरेका छन्।
सरकारले करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीलाई हटाउन खोजेपछि उनीहरू आन्दोलनमा उत्रिएका छन्। यसअघि मंगलबार पनि उनीहरूले अर्थ मन्त्रालयअगाडि प्रदर्शन गरेका थिए।
उनीहरूले करारका कर्मचारी नहटाउन माग गरेका छन्। दरबन्दी कटौती भएर घर जानुपर्ने कर्मचारीलाई उपदान दिनुपर्ने बताएका छन्।
यस्तै, करारका कर्मचारीलाई साउन १ गतेदेखि महँगी भत्ता, बढेको तलब, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने पनि माग गरेका छन्।





54
Shares

प्रतिक्रिया