राजनीति


कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, सीमा र तुइन प्रकरणबारे छलफल

कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, सीमा र तुइन प्रकरणबारे छलफल

दिल्लीमा शुक्रबार भेटवार्ताका क्रममा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री एस जयशंकर। तस्बिर : जयशंकरको ट्विटबाट।


नेपालखबर
असोज २३, २०७८ शनिबार ८:९, काठमाडौँ

भारत भ्रमणमा रहेको सत्तारूढ नेपाली कांग्रेसका नेताहरूको टोली र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। 

त्यस क्रममा दुई पक्षबीच सीमा विवाद समाधान र दार्चुला तुइन प्रकरणबारे छलफल भएको छ। साथै कोरोना खोपका विषयमा पनि छलफल भएको टोलीमा सहभागी नेताहरूले बताएका छन्। 

कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री एस जशंकरबीच शुक्रबार अपराह्न दिल्लीमा भेटवार्ता भएको हो।

छलफलका क्रममा कांग्रेस टोलीले सीमा विवाद समाधानका लागि वार्ता थाल्न र तुइन प्रकरणबारे पुन: छानबिन गर्नुपर्ने कुरा उठाएकाे थियाे। केही महिनाअघि महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुइन काटिएदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता छन्। 

कांग्रेस प्रतिनिधिमण्डलले गराएकाे ध्यानाकर्षणप्रति भारतीय विदेशमन्त्री एस जयशंकर सकारात्मक देखिएका छन्। 

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारत आएको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलसँग भेटवार्ता हुँदा निकै खुसी लाग्यो। प्रकाश महतजी र प्रतिनिधिमण्डलबीच भएको छलफलको सराहना गर्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad