सुसारे (केयरगिभर) कामका लागि इजराइल जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको अन्तिम नतिजा आगामी सोमबार सार्वजनिक हुने भएको छ।
वैदेशिक रोजगार विभागले लिएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको नतिजा सोमबार सार्वजनिक हुने भएको हो।
नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्री (चिठ्ठा) मार्फत श्रमिकको छनोट गर्ने कार्यक्रम छ।
इजरायल जान १ हजार ६ सयले भाषा परीक्षा उत्तीर्ण गरेका थिए। त्यसमध्येबाट १ हजारले मात्रै इजराइल जान पाउने विभागले जनाएको छ। इजरायलमा हुने लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’मार्फत नतिजा प्रत्यक्ष हेर्न सकिने दूतावासले जनाएको छ।
विभागले लिएको अन्तर्वाताबाट १ हजार १ सय २० जना महिला र ४ सय ८० जना पुरुष छनोट भएका थिए। उत्तीर्णको यो सूची विभागले १० असोजमा नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो।
इजरायल जाने कामदारले डेढलाख भन्दा धेरै रकम खर्च गर्नुपर्छ।
Shares

प्रतिक्रिया