ad ad

राजनीति


एयरपोर्टमै ओलीको व्यंग्यः काठमाडौँमा भन्दा बाकुमा हुँदा दूरी त बढ्ने नै भयो नि!

एयरपोर्टमै ओलीको व्यंग्यः काठमाडौँमा भन्दा बाकुमा हुँदा दूरी त बढ्ने नै भयो नि!

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार ८:१०,

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन्।

असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताए।

‘रमाईलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँहि मिलेन। हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन।’

प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए। प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताएका हुन्।

प्रचण्डले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डले के प्रसंगमा त्यसो भन्नु भएको हो भन्ने आफूले नसुनेको बताए। ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दूरी घटेको भन्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .