राजनीति


तीन महिनापछि डोटीले बल्ल पायो प्रजिअ

तीन महिनापछि डोटीले बल्ल पायो प्रजिअ

नेपालखबर
असोज १७, २०७८ आइतबार ९:३०, काठमाडौँ

गृह मन्त्रालयले तीन महिनापछि डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ। 

डोटी विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो। 

निमित्त प्रजिअका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शंकरबहादुर विष्टलाई प्रजिअ तोकेको हो। विष्टले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्दै आएका थिए।

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएपछि डोटी प्रजिअ विहीन भएको थियो।

खनाल सरुवा भएर गएपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए। प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad