राजनीति


सदस्य बनेको १५ वर्षपछि मात्रै एमाले केन्द्रीय सदस्य हुन पाइने

सदस्य बनेको १५ वर्षपछि मात्रै एमाले केन्द्रीय सदस्य हुन पाइने

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १८:२९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन पार्टी सदस्यता लिएको १५ वर्ष पूरा हुनुपर्ने प्रस्तावा अघि सारेको छ।

पार्टी सदस्यता लिएको १५ वर्ष पुगेपछि मात्रै केन्द्रीय सदस्य हुन पाउने गरी एमालेले विधान संशोधन प्रस्ताव अघि सारेको हो। 

अहिले उक्त विधान संशोधन प्रस्ताव एमाले उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनस्थल गोदावरीस्थित हलमा बाचन गरिरहेका छन्। 

'केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन कम्तीमा १४ वर्ष पार्टी सदस्य भएको हुनुपर्नेछ। केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सदस्य वा प्रदेश कमिटीको पदाधिकारी वा केन्द्रीय विभागको सचिन वा सदस्य वा प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको अध्यक्ष भई एक कार्यकाल वा जनसंगठनको पदाधिकारी भई दुई कार्यकाल काम गरेको हुनुपर्नेछ,' विधान संशोधन प्रस्तावमा उल्लेख छ।

उपमहासचिव पौडेलले वाचन गरिसकेपछि योसहितका प्रस्तावमा छलफल हुनेछ। एमालेले नयाँ विधानमा वरिष्ठ नेता, उपहासचिव र पोलिटब्यूरो सदस्य पद पनि खारेज प्रस्ताव अघि सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad