राजनीति


एमाले बिग्रिनुमा ईश्वर पोखरेलले औंल्याए यी समस्या

एमाले बिग्रिनुमा ईश्वर पोखरेलले औंल्याए यी समस्या

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १८:१९, काठमाडौँ

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको पहिलो विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदन पेश गरिरहेका छन्। 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उनले पार्टीमा अनेक समस्या देखिएको बताएका छन्। 

महासचिवको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका उनले एमाले कयौँ कारणले बिग्रिएको उल्लेख गरे। जसमा १० वटा कारण उनले बैठकमा लिखित रुपमै प्रस्तुत गरेका छन्। 

पोखरेलले पार्टीमा सधैँ गुटबन्दी र विवाद चलिरहने भएकाले यी सबै समस्याको समाधान विधान महाधिवेशनले निकाल्नुपर्नेमा पनि उनले जोड दिएका छन्। 

उनले पार्टीका सबै कमजोरीबारे यो महाधिवेशनमा छलफल आवश्यक रहेको बताए। 

पार्टी बिग्रिँदै गएकोमा कार्यकर्ताहरुले लगातार गुनासो गरिरहे पनि नेतृत्वले सुनुवाइ गर्न नसकेको उनले बताए। त्यहीकारण विधान महाधिवेशन नै कार्यकर्ताको गुनासो सुनुवाइ र समस्या समाधानको उपयुक्त थलो हुने पनि पोखरेलले बताएका छन्। 

पोखरेलले एमालेमा देखिएका मुख्य समस्याहरुलाई बुँदागत रुपमा बैठकमा राखेका छन्। 

  • नेता कार्यकर्ताहरूलाई अध्ययन र प्रशिक्षण अभाव
  • पार्टीले तय गरेको मापदण्ड पालना अभाव
  • पार्टी संरचना अत्यधिक ठूलो हुँदा सञ्चालनमै जटिलता 
  • पार्टीमा योगदान दिने नेता कार्यकर्ताको उचित मूल्यांकन अभाव
  • पारदर्शिता, असल आचरण र निष्‍ठाको अभाव
  • पार्टी काममा दोहोरोपन हुँदा संगठन प्रभावकारी भएन
  • कार्यविभाजनमा समस्या 
  • पार्टी आदर्श र व्यवहारमा अन्तरविरोध/असन्तुलन
  • व्यक्तिको क्षमता र योग्यता अनुसारका जिम्मेवारी नदिने समस्या
  • पार्टी जनपरिचालन र समन्वय नहुँदा जटिलता 
  • पार्टीसम्वद्ध जनसंगठनबीच समन्वय अभाव 
  • पार्टी जीवनमा लोकतान्त्रिकरणको सिर्जनात्मक अभ्यास अभाव

महासचिव पोखरेलले पार्टीका अनेक शुभेच्छुक र भ्रातृ संगठन भए पनि तिनलाई सुव्यवस्थित परिचालन गर्न नसकेको बताए।

'पार्टीसम्वद्ध २२ वटा जनसंगठनबीच समन्वय हुन सकेन', उनले भने, 'पार्टीले यस्ता संगठनलाई अलग अलग र मोर्चा संगठनका रुपमा प्रयोग गर्ने गरेको छ। तर अब समन्वयको ढाँचा बनाएर लैजानुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad