नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्तावको बाँकी अंश सुनाउने जिम्मा सचिव शंकर पोखरेललाई दिएका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा उभिएर राजनीतिक प्रतिवेदन पेश गर्न गाह्रो भएपछि उनले त्यो जिम्मेवारी पोखरेललाई दिएका हुन्।
मञ्चमा लामो समय उभिएर बोल्न ओलीलाई कठिनाइ भएको थियो। त्यसपछि उनले आफूलाई रुघाखोकी लागेर बोल्न समस्या भएको बताउँदै प्रतिवेदनको बाँकी अंश पेश गर्ने जिम्मा पोखरेललाई दिएका हुन्।
ओलीले राजनीतिक प्रतिवेदनमा देशदेखि विदेशसम्मको परिस्थितिको विश्लेषण गरिरहेका छन्। उनले एमालेको स्थापनादेखि हालसम्मको विकसित घटनाक्रमबारे पनि प्रतिवेदनमा व्याख्या गरिरहेका छन्।
348
Shares
प्रतिक्रिया