राजनीति


प्रदेश २  : एमाले संसदीय दलको नेतामा मण्डल, प्रमुख सचेतकमा साह चयन

प्रदेश २  : एमाले संसदीय दलको नेतामा मण्डल, प्रमुख सचेतकमा साह चयन

नेपालखबर
असोज १५, २०७८ शुक्रबार ८:२७, काठमाडौँ

प्रदेश २ मा नेकपा (एमाले) संसदीय दलको नेतामा पुन सत्यनारायण मण्डल चयन भएका छन्। पार्टीको प्रमुख सचेतकमा किशोरी साह कमल चयन भएका एमालेले जनाएको छ।

यसअघिका एमाले संसदीय दलका नेता सत्रुधन महतो र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा पार्टी विभाजन पश्चात् एकीकृत समाजवादीमा गएपछि दुबै पद रिक्त थिए।

पार्टी विभाजन पश्चात् पहिलोपटक बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलका नेतामा पुनः दोश्रो पटक नेता मण्डललाई  सर्वसहमितबाट चयन गरेको हो।

निर्वाचन लगत्तै एमालेमा मण्डल नै दलको नेता बनेका थिए । एमाले र माओवादी एकीकृत भएर नेकपा गठन हुँदा मण्डल नै दलका नेता यथावत थिए। 

सर्वोच्चको फैसलाले दुबै दल पुरानै अवस्थामा फर्केपछि माधव नेपाल पक्षका १३ सांसदले बहुमतसहित मण्डललाई हटाएर सत्रुधन महतोलाई दलको नेता बनाइएको थियो। पार्टी विभाजन पश्चात् एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना एकीकृत समाजवादीमा गइसकेका छन्। 

प्रदेशसभामा एमालेमा हाल ८ जना मात्रै सांसद छन्। प्रदेश २ सभामा सुरुमा तेस्रो शक्तिको रुपमा रहेको एमाले विभाज पश्चात् पाँचौ स्थानमा पुगेको छ भने एकीकृत समाजवादी चौथो शक्ति बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad