राजनीति


‘पञ्चशील र सहअस्तित्व नेपालका छोरा बुद्धको सिद्धान्त’

‘पञ्चशील र सहअस्तित्व नेपालका छोरा बुद्धको सिद्धान्त’

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १५:४६,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका छाेरा गाैतम बुद्धकाे सिद्धान्तका आधारमा विश्वमा पञ्चशील र सहअस्तित्वकाे कुरा गर्न पाउनु गाैरवकाे विषय भएकाे बताएका छन्।

अजरबैजानको राजधानी बाकुमा आयोजना गरिएको असंलग्न राष्ट्रहरुको अठारौं सम्मेलनको एक सत्रको अध्यक्षता गरेका प्रधानमन्त्री ओलीले गाैतमबुद्ध र सगरमाथाकाे नाम लिएर नेपालका छोरा गौतम बुद्धको सिद्धान्तको आधारमा पञ्चशीलको सह अस्तित्वको सिद्धान्त प्राप्त गर्नु गौरवको विषय भएको बताए। 'कसैसँगै शत्रुता नगर्ने र सबैसँग मित्रता गर्ने नेपालको परराष्ट्र नीतिमा पनि त्यसैसँग संगतिपूर्ण रहेको छ' उनले भने। 

सम्मेलनको सम्बोधनको क्रममा ओलीले नेपालमा समग्र प्रजातन्त्रको अभ्यास भैरहेको भन्दै यस्ताे अभ्यास विश्वस्तरमा हुनुपर्ने बताए। समग्र प्रजातन्त्रमा व्यक्तिले गरिबीबाट मुक्ति, समान अवसर, जीवनको अधिकार, सुरक्षा र आत्मसम्मानको सर्वाङ्गिण सशक्तिकरणको रुपमा परिभाषित गरेका छन्। 'म व्यक्तिको सर्वाङ्गिण सशक्तिकरणको पक्षमा छु। जसमा ब्यक्तिले गरिबीबाट मुक्ति, अवसरमा समान पहुँच, जीवनको अधिकार, सुरक्षा र सम्मान पाउने पक्षमा म उभिएको छु ' ओलीले भने, 'समग्र प्रजातन्त्रको अभ्यास विश्वस्तरमा पनि हुनुपर्छ।'

TabirSaujanya_pm-new2.jpg

ओलीले त्यसका लागि प्रजातान्त्रिक, समावेशी, न्याय र निष्पक्षता आधारित विश्वव्यवस्था हुनुपर्ने बताए। 'हामीले सबै देश समान रहेको, एक अर्कोविरुद्ध शक्तिको प्रयोगको धम्की नदिने, अन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, सबै देशको आत्म सम्मान, शोषण नगर्ने, सबै देशलाई निष्पक्ष रुपमा बढ्ने र विकास गर्ने अवसर पाउनु पर्छ' ओलीले भने।

समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको पालन' विषयक सेसनको प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका थिए। 'नेपालमा अहिले शान्ति, प्रजातन्त्र, विकास र मानवअधिकार नजिकको अन्तर सम्बन्धित भएर अहिले अभ्यासको साक्षी रहेको छ,' उनले भने, 'वृहत प्रजातन्त्रको अवस्थामा मात्रै मानवअधिकारले वास्तविक अर्थ हुने छ।'

राजनीतिक अधिकार बिना कुनै व्यति सशक्त हुन नसक्ने उनले बताए। नेपालले मानिसको जीवनचक्रलाई समेट्ने गरी सामाजिक सुरक्षा तयार पारेको उनले जानकारी दिए। उनले भने, 'अब कसैले पनि गास र बासको अभावमा मर्नु पर्ने छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad