कला


पहिलो लोकस्टार बने शनि विश्वकर्मा, ५० लाख पुरस्कार

पहिलो लोकस्टार बने शनि विश्वकर्मा, ५० लाख पुरस्कार

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १६:४५,

नेपाल लोकस्टारको पहिलो उपाधि रोल्पाका शनि विश्वकर्माले जितेका छन्।

एपीवान टेलिभिजनबाट प्रशारित ५० लाख नगद पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधी शनि विश्वकर्माले जितेको शुक्रबार साँझ घोषणा भएको हो।

प्रतियोगितामा दोस्रो भएका चेतन गोतामेले २५ लाख नगद पुरस्कार हात पारे भने भएका विनोद दनुवारले १० लाख नगद प्राप्त गरेका छन्। त्यसैगरी रामेछापका रामकुमार नेपालीले सान्त्वना स्वरुप दुई लाख हात पारे।

असार १२ गतेबाट सुरु भएको लोकस्टार प्रतियोगिता काठमाडौंको भृकुटिमण्डपबाट ३६औं शृंखलाको प्रत्यक्ष प्रशारण गर्दै शुक्रबार सम्पन्न भएको हो।

चाहना मिडिया प्रालिले सञ्चालन गरेको प्रतियोगितामा देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए। अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखार्दै अलराउन्डर प्रस्तुति दिए।

कार्यक्रमको ३६औं शृंखलामा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड निर्णायकको भूमिकामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad