सागर ढकाललको घातक बलिङमा काठमाडौ किङ्स इलाभेनले चितवन टाइगर्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयाार पारेको हो।
काठमाडौँका ओपनर सुवास खकुरेल ३५ रनको अवस्थामा एलबिडब्लु धरापमा पर्दै पेभेलियन फर्किए।
राजु रिजालले २८ र जनक प्रकाशले काठमाडौंका लागि २६ रन थपे। काठमाडौँका ७ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुनै नसकी आउट भए।
सिद्धान्त लोहनी ८ र कप्तान सन्दीप लामिछाने ७ रनमा नटआउट रहे। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
काठमाडौंले दोस्रो ओभरमा नै ओपनर रहमुल्लाह गुरबाजलाई ५ रनमा नै गुमाएको थियो। चितवनका बलर सागर ढकाल एक्लैलै ४ विकेट झारे।
सागरले आफ्नो स्पेलमा २१ रन खर्चिए। करिम जन्नतले २, तथा कमल ऐरि र सेकुगे प्रसन्नले समान एक/एक विकेट लिए। चितवन केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।
Shares

प्रतिक्रिया