नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन्।
उनी तीन दिनदेखि ज्वरो र रुघाखोकी देखिएपछि कोटेश्वरस्थित निवासमा आराम गरिरहेका छन्।
अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर फर्किएपछि बिरामी परेका हुन्।
उनको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ।
नेपाल बिरामी भएर आराम गरेर बसेपछि सत्ता गठबन्धनका बैठकहरु प्रभावित भएका छन्।
बैठक प्रभावित भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।
24
Shares

प्रतिक्रिया