राजनीति


वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

नेपालखबर
असोज १२, २०७८ मंगलबार १२:२८, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ।

जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बुधबार बैंकक लगिन लागिएको सांसद एवम् पत्नी ओनसरी घर्तीले बताइन्। 

उनको बैंककस्थित पहिले उपचार गरेकै  समितिभेज अस्पतालमा उपचार हुने घर्तीले बताइन्। 

तीन दिनअघि जण्डिस देखिएपछि पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

समाचार अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए।

सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो।

पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो। 

बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उनको निवास पुगेका थिए।

यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो। उनी २०७२ र २०७३ मा तीन पटक बैंकक गएका थिए।

उनी २०७२ कात्तिकमा पनि उनी बैंकक गएका थिए। त्यसबेला उनी तीन महिना उपचार गरेर फर्किएका थिए। त्यसलगत्तै फागुनमा उन फलोअपमा गएर फर्किएका थिए। 

त्यसपछि २०७३ फागुन ७ मा बिरामी भएर उनलाई धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

त्यसपछि नेपालको उपचारले काम नगरेकाले उनलाई २०७३ फागुन १५ गते बैंककको समितिभेज अस्पताल लगिएको थियो।

त्यसबेला पनि उनलाई निमोनिया, ज्वरो र लगातार बान्ता हुने समस्या थियो। उनी त्यसबेला एक महिना लामो उपचारपछि स्वदेश फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad