राजनीति


उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ७:९,

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ।

निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सो आचारसंहिताको पूर्ण पालना गर्न पनि सरोकारवाला सबै निकायलाई आह्वान गरे। निर्वाचन आयोगले सो आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कारबाही गर्ने चेतावनी पनि दिए।

निर्वाचन आयोगले उपनिर्वाचनका मतदाता नामावली अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको पनि जनाएको छ। आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तिको काम सम्पन्न भई आगामी कार्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगञ्जमा उनीहरुलाई अभिमूखिकरण तालिम दिने कार्ययोजना पनि सार्वजनिक गरिएको जानकारी दिए। आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धी सामग्रीहरुको छपाईको कामलाई पनि तीव्रता दिएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कार्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन। आयोगले सो उपनिर्वाचनको प्रयोजनका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरुको व्यवस्थापनको काम पनि भईरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad