राजनीति


अमरेश सिंह हिँडेलगत्तै अर्को समूह कांग्रेस केन्द्रीय कार्यालय पुगेर नाराबाजी

अमरेश सिंह हिँडेलगत्तै अर्को समूह कांग्रेस केन्द्रीय कार्यालय पुगेर नाराबाजी

नेपालखबर
असोज ७, २०७८ बिहिबार १५:२३, काठमाडौँ

क्रियाशील सदस्यता विवाद र प्रदेश २ का एक मन्त्रीले सर्लाहीस्थित वडाध्यक्षलाई कुटेको विषयलाई लिएर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई समूहबीच शक्ति प्रदर्शनको होडबाजी चलिरहेको छ।

संस्थापन इतर समूहमा रहेका डा. अमरेश सिंहसहितले धर्ना दिएर निस्किए लगत्तै प्रदेश २ का मन्त्री वीरेन्द्र प्रसाद सिंहले शक्ति प्रदर्शन गरिरहेका छन्। 

करिब १५ वटा स्कोर्पियो कार्यकर्ता लिएर आएका सिंहसहितले अहिले सानेपामा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा सहभागीहरुले सर्लाहीबाट निर्वाचित संघीय सांसद डा. अमरेश सिंहविरुद्ध नाराबाजी गरिरहेका छन्। 

उनीहरुले 'अमरेश सिंहको गुण्डागर्दी चाहिँदैन' जस्ता नारा लेखिएका प्ले कार्डसहित सानेपामा नाराबाजी गरिरहेका छन्। 

अमरेशलाई सांसदबाट निलम्बन गर्न मागसहित प्रदेश २ का मन्त्री सिंहनिकट कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। 

उनीहरु सानेपा पुग्नुअघि अमरेश सिंहसहितका संस्थापन इतर कार्यकर्ता त्यहाँबाट हिँडेका थिए। 

अमरेश पक्षीय धर्नाका क्रममा कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कब्जा गर्दै उद्धेश्यले संस्थापन पक्षले गुण्डागर्दी गरिरहेको आरोप लगाएका थिए। 

'पार्टी कब्जा गर्ने हिसाबले जिल्ला जिल्लामा नेताहरुले गुण्डागर्दी देखाइरहनु भएको छ, यस्ता कुरा कांग्रेसका लागि कदापि स्वीकार्य हुँदैनन्', उनले भनेका थिए, 'गुण्डागर्दी गर्ने यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन भन्नेमा म विश्वस्त छु।'

प्रदेश २ का युवा तथा खेलकुद एवम् महिला बालबालिकामन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका-४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई सानेपामै कुटपिट गरेको आरोप लागेको थियो।

यी दुईजनाबीच क्रियाशील सदस्यताबारे विवाद बढेको थियो। मन्त्रीले वडाध्यक्षमाथि कुटपिट गरेको र एकपक्षीय रुपमा क्रियाशील सदस्यता अघि बढाएको भन्दै पौडेल समूह धर्नामा बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .