ad ad

राजनीति


काठमाडौंमा कांग्रेस वडा अधिवेशन असोज ५ गते

काठमाडौंमा कांग्रेस वडा अधिवेशन असोज ५ गते

फाइल फाेटाे


नेपालखबर
असोज १, २०७८ शुक्रबार १६:२१, काठमाडौँ

नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते सबै वडामा अधिवेशन गर्ने भएको छ। निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेको छ।

कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया सुरु गरेको हो। शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरी कामको थालनी गरिएको बानियाँले जानकारी दिए। 

काठमाडौं महानगरसहितका विभिन्न ११ वटा  नगरपालिकाका गरी काठमाडौं जिल्लामा एक सय ३८ वडा रहेका छन्।

‘असोज ५ गते एकैदिन सबै वडामा अधिवेशन हुन्छ,’ सभापति बानियाँले भने, ‘भोलिसम्म वडा–वडामा निर्वाचन अधिकृतहरु खटिनुहुन्छ।’

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत बुधबार काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको थियो।

यससँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .