अझै कम्तीमा एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। सत्तारुढ दलहरुबीच भागवण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार अड्किएको हो।
शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भएको दुई महिना पूरा भइसकेको अवस्थामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताएका छन्।
सत्तारुढ गठबन्धनका सदस्य नेपालले अबको एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका हुन्।
शुक्रबार शान्तिनगरस्थित आफ्नो केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन्।
संघदेखि सातै प्रदेशमा नेकपा एकीकृत समाजवादी सत्तारुढ दलका रूपमा रहने उनले बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेका बेला नेपालले अब विस्तार हुने दाबी गरेका हुन्।
Shares

प्रतिक्रिया