नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
कार्की यही २९ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति भएका हुन्।
पदोन्नति भएका रथी कार्की बलाध्यक्षमा नियुक्ति भएका छन्। साथै उनलाई निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।
60
Shares

प्रतिक्रिया