ad ad

समाज


मोबाइल र कपडा किनारमै राखेर भेरीमा हामफालिन् महिला

मोबाइल र कपडा किनारमै राखेर भेरीमा हामफालिन् महिला

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १६:१७, काठमाडौँ

भेरी नदीमा परिचय नखुलेकी एकजना महिलाले हाम फालेकी छन्। भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर उनी भेरी नदीमा हामफालेकी हुन्। 

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन्। 

‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं।’ 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए। 

नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान पनि छाडेकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .