ad ad

राजनीति


चुनावसम्मै यही गठबन्धन : डा. भट्टराई

चुनावसम्मै यही गठबन्धन : डा. भट्टराई

वाशुदेव मिश्र
भदौ १६, २०७८ बुधबार २०:४३, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आउँदो चुनावसम्म हाल रहेको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका छन्। 

जसपाको संगठन सदृढीकरण तथा जनजागरण (सुज) अभियानको क्रममा बुधबार पोखरामा आयोजित कार्यकर्ता प्रशिणण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावपछि भने समान विचार भएकाहरुसँग ध्रुविकरण गरिने बताए।

जसपाभित्रको आन्तरिक किचलोले सरकार गठनमा ढिलाइ भएको उनको भनाइ थियो।

प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यो लोकतन्त्र नै अधुरो भएको जिकिर गरे। 

‘अधिकारको लडाइँ केही पूरा भयो, केही अझै बाँकी छ’, उनले भने, ‘हाम्रो समाज जस्तो छ, राज्य पनि उस्तै बन्नुपर्छ, गण्डकीलाई तमुवान नै बनाउनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ।’

उनले जसपा पूर्ण पार्टी भइनसकेको बताउँदै उनले मधेशबाट आउनेहरु र पहाडबाट आउनेहरुको फरक मनोविज्ञान रहेकाले समस्या भएको बताए।

‘मधेशबाट आउनेहरुसँग भोट हामीले ल्याउने, भाग तिमीहरुले खाने भन्ने मनोविज्ञान छ’, उनले भने, पार्टी अझै एक भइसकेको छैन।’ 

कार्यक्रममा  बोल्दै सांसद तथा जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले एकात्मक सोचले समृद्धि प्राप्त नहुने बताए। जसपा प्रदेश नम्बर ४ का अध्यक्ष मोति रिजालको अध्यक्षतामा भएको प्रशिक्षणमा एक दर्जनजति नेताहरुले मन्तव्य राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .