ad ad

राजनीति


१५ वर्ष महासचिव बनेका माधव नेपाल १५ वर्षपछि दलको नेता

१५ वर्ष महासचिव बनेका माधव नेपाल १५ वर्षपछि दलको नेता

नेपालखबर
भदौ १३, २०७८ आइतबार १६:२१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । 

विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए। 

त्यसपछि उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बनेका थिए। 

०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए । २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए।

संविधानसभाको पहिलो निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सभाको सांसद मनोनीत मात्र भएनन्, प्रधानमन्त्री निर्वाचित भए।

संविधानसभाको चुनावमा आफ्नो हार र एमालेको कमजोर प्रदर्शनपछि त्यसको जिम्मेवारी लिँदै उनले महासचिवको पद त्यागेका थिए। 

तर उनै नेपाल एक वर्ष पुग्दानपुग्दै सिंहदरबारको जिम्मेवारीमा फर्किन तयार भए। 

तत्कालीन नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई संविधानसभामा मनोनित गरेका थिए। 

२०५० मा तत्कालीन महासचिव मदन भण्डारीको निधनपपछि एमाले महासचिवका रूपमा नेपाल १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रबिन्दुमा रहे।

यतिबेला माधव नेपाल एमाले फुटाएर बनाइएको एकीकृत समाजवादी संसदीय दलको नेता भएका छन्। 

समाजवादीमा अहिले संघीय संसदको दुवै सदनका ३० जना सांसद छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद नयाँ पार्टीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .