ad ad

राजनीति


आफ्नो भूमिकाबारे प्रश्न उठेपछि इजलासमै झोक्किए प्रधानन्यायाधीश

अधिवक्ता अर्याललाई भने : मेरो निष्ठामाथि प्रश्न नउठाउनू
आफ्नो भूमिकाबारे प्रश्न उठेपछि इजलासमै झोक्किए प्रधानन्यायाधीश

उजिर कार्की
भदौ ११, २०७८ शुक्रबार १४:०, काठमाडौँ

आफू समेत विपक्षी रहेको रिटको सुनुवाइका लागि इजलासमा बसेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेको छ। 

रिट निवेदक समेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथि शुक्रबार भएको सुनुवाइमा प्रधानन्यायाधीशमाथि प्रश्न उठाएका हुन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गरेका थिए। संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश समेत सहभागी थिए। 

उनले समेत विपक्षीको रुपमा जवाफ दिएका छन्। तर उक्त रिटको सुनुवाइ उनीसहितको संवैधानिक इजलासमा तोकिएपछि उनी बस्न नमिल्ने अर्यालले बताए।

तर प्रधानन्यायाधीश राणाले भने संवैधानिक जिम्मेवारीले मात्रै संवैधानिक परिषद्को बैठकमा सहभागी भएको बताएका छन्।  

‘भागबण्डा शब्द परिमार्जन गर्नुस्। तपाईंले को कसरी नियुक्ति भयो भनेर आरोप लगाउन मिल्दैन। कसले भाग लियो यो मुख्य कुरा होइन', संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीशले भागबण्डा लिएको कुरा उठेपछि प्रधानन्यायाधीश राणा झोक्किँदै भने, 'तपाईं भए पनि निर्णय गर्ने हो। तपाईं कालो कोट लगाएर संविधानले दिएर आउनु भयो। म पनि संवैधानिक जिम्मेवारीले गएको हो।’

आफूमाथि प्रश्न गर्ने अधिवक्ता अर्यालमाथि लक्षित गर्दै प्रधानन्यायाधीश राणाले समाजमा भ्रम पार्ने काम नगर्न आग्रह गरे। उनले अधिवक्ता अर्याललाई विकल्प के हो भन्दै उल्टै प्रश्न पनि गरे।

आफू इजलासमा बसे पनि प्रतिरक्षा नगर्ने र संवैधानिक दायित्ववाट नचुक्ने पनि प्रधानन्यायाधीश राणाले बताए।

संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा तोकिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .