ad ad

राजनीति


अफगानिस्तानबाट हाम्रा सेना डेडलाइन अगस्ट ३१ अघि नै फिर्ता हुन्छन्ः बाइडेन

अफगानिस्तानबाट हाम्रा सेना डेडलाइन अगस्ट ३१ अघि नै फिर्ता हुन्छन्ः बाइडेन

फाइल तस्बिर: अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
भदौ ९, २०७८ बुधबार १४:३१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुक डेडलाइन (तोकिएको मिति) यही अगस्ट ३१ भन्दा अघि नै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता हुनेगरी तीव्र गतिमा काम गरिरहेको बताएका छन्। 

बाइडेनले यो कुरा त्यस्तो बेला भनेका हुन्, जतिबेला उनलाई डेडलाइन बढाउन दबाब आइरहेका छन्। धेरै देशले अमेरिकी सैनिक स्वदेश फर्किनासाथ काबुल विमानस्थल सुरक्षित रहँदैन भनिरहेका छन्। 

अमेरिकाका राष्ट्रपति बाइडेनले अफगानिस्तानबारे छलफल गर्न बोलाइएको जी–सेभेनको आपतकालीन बैठकपछि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने मिति नबढाइने बताएका हुन्। 

बीबीसीका अनुसार बैठकमा बेलायतलगायत अन्य देशले अमेरिकालाई सेना फिर्ताको डेडलाइन बढाउन आग्रह गरेका थिए। 

तर जो बाइडेनले भने, ‘हामीले यो काम (अमेरिकी सेना फिर्ता) जति चाँडो गर्यो, उति राम्रो।’

तालिबानले पनि अगस्ट ३१ को डेडलाइन नसार्न र त्यस दिनसम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बिदा हुनुपर्ने चेतावनी दिइरहेको छ। 

बाइडेनले भने, ‘तालिबानले हाम्रा नागरिकलाई त्यहाँ (अफगानिस्तान) बाट बाहिरिन मद्दत गरिरहेको छन्।’

साथै उनले अन्तर्राष्ट्रिय समुदायले तालिबानको मूल्यांकन उसका कामबाट गर्ने बताए। 

अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘इस्लामिक स्टेटको खतराका कारण पनि त्यहाँ (अफगानिस्तान) बाट बहिर्गनको काम चाँडै पूरा गर्न जरुरी छ।’ 

उनले अफगानिस्तानमा अमेरिकी जति ढिला समयसम्म रहन्छन्, त्यति नै हमलाको खतरा बढ्ने बताए।  

अमेरिका र तालिबानबीच यही अगस्ट ३१ भित्र अफगानिस्तानमा रहेका अमेरिकी सैनिक स्वदेश फर्काइसक्ने सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .