बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको कडा आलोचना गरेका छन्।
उनले यसलाई गैरजिम्मेवार कदम भनेका छन्। उनले गठबन्धन सेना स्वदेश फिर्तीले जिहादी समूहको आत्मबल बढ्ने बताए।
बीबीसीका अनुसार यस क्रममा उनले रुस, चीन र इरानले मौकाको फाइदा उठाउन खोजेको आरोप पनि लगाएका छन्।
बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले भने, ‘गठबन्धन सेनाको फिर्ती खेदजनक, खतरनाक र अनावश्यक हो।’
२० वर्षअघि टोली ब्लेयर प्रधानमन्त्री हुँदा बेलायतले पनि आफ्नो फौज अफगानिस्तान पठाएको थियो।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पपले पनि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने बाइडन प्रशासनको निर्णयको आलोचना गरेका छन्।
480
Shares

प्रतिक्रिया