ad ad

राजनीति


तालिबानले घरघर गएर खोज्न थाल्यो आफ्ना विरोधी, ‘धेरै जनाको हत्या गर्ने सम्भावना’

तालिबानले घरघर गएर खोज्न थाल्यो आफ्ना विरोधी, ‘धेरै जनाको हत्या गर्ने सम्भावना’

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार ९:५९, काठमाडौँ

अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँ नेटो सेना र अफगान सरकारसँग मिलेर काम गर्ने मानिसको खोजी तीव्र पारेको संयुक्त राष्ट्र संघको एक रिपोर्टले देखाएको छ। 

बीबीसीका अनुसार रिपोर्टले तालिबानले नेटो सेना र अफगान सरकारका सहयोगीलाई घरघरमा गएर सोधीखोजी गरेको र तिनका परिवारलाई धम्क्याइरहेको उल्लेख गरेको हो। 

हुन त अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिनासाथ तालिबान संगठनले आफूहरू कसैलाई बदला लिने पक्षमा नरहेको बताएको थियो। 

तर सन् १९९० को क्रूरता सम्झेर अफगानिस्तानका नागरिक तालिबानले फेरि त्यस्तै गर्ने त्रासमा छन्। 

तालिबानले पहिलेका आफ्ना विरोधीलाई घरघरमा गएर खोजी गरिरहेको भन्ने रिपोर्ट आरएआईपीटीओ नर्बेजियन सेन्टर फर ग्लोबल एसोसिएसनले तयार पारेको हो। यो समूहले संयुक्त राष्ट्र संघलाई गुप्तचरका रूपमा जानकारी दिन्छ।

यसका प्रमुख क्रिस्चियन नेलेमेनले बीबीसँग भनेका छन्, ‘तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाइरहेको छ र ती मानिस खतरामा परेको स्पष्ट देखिन्छ।’ 

तालिबानले उनीहरूलाई पत्र लेखेरै आत्मसमर्पण गर्न अनुरोध गरेको र नगरे कडा सजाय दिने चेतावनी दिएको उनको दाबी छ। 

उनले अगाडि चेतावनी दिँदै भनेका छन्, ‘तालिबानको कालो सूचीमा रहेका व्यक्ति ठूलो खतरामा छन् र ठूलो संख्यामा मानिसलाई मृत्युको सजाय दिइने सम्भावना छ।’ 

–​अफगानिस्तानबाट ‘अहमद’को हारगुहारः मलाई यहाँबाट चाँडो निकाल्नुस्, तालिबानले भेटे भने मार्छन्!

अफगानिस्तानः विमान चढ्न जाँदै गर्दा गोली हानी दोभासेको हत्या

–​​आखिर तालिबान कस्तो समूह हो? यस्तो छ यसको नालीबेली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .