ad ad

राजनीति


अफगानिस्तानः विमान चढ्न जाँदै गर्दा गोली हानी दोभासेको हत्या

अफगानिस्तानः विमान चढ्न जाँदै गर्दा गोली हानी दोभासेको हत्या

तस्बिरः एसबीएस न्युज


नेपालखबर
भदौ ३, २०७८ बिहिबार ९:४३, काठमाडौँ

अस्ट्रेलियन सेनाका लागि दोभासे काम गर्ने एक अफगान नागरिकको हत्या गरिएको छ। 

अस्ट्रेलियन सञ्चारमाध्यमका अनुसार अफगानिस्तानबाट बाहिरिन राजधानी काबुलस्थित विमानस्थलमा जाने क्रममा उनको हत्या गरिएको हो। 

अफगानिस्तानबाट बाहिरी मुलुक जान मंगलबार राति विमान चढ्न गइरहेका बेला विमानस्थलबाहिर उनलाई गोली हानिएको समाचारमा जनाइएको छ। 

एसबीएस’ र ‘द गार्डियन अस्ट्रेलिया’ मा प्रकाशित तस्बिरमा एक जना डाक्टर खुट्टामा गोली लागेका व्यक्तिको उपचार गरिरहेको देखिन्छ। 

यो काबुल विमानस्थलमा जारी भागदौड र हिंसाअन्तर्गतको एक घटना हो। 

अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेपछि अहिले त्यहाँबाट दैनिक ठूलो संख्यामा अफगानी तथा त्यहाँ रहेका बाहिरी मुलुकका मानिस धमाधम अफगानिस्तान छाडिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .