ad ad

राजनीति


अफगानिस्तानबाट ‘अहमद’को हारगुहारः मलाई यहाँबाट चाँडो निकाल्नुस्, तालिबानले भेटे भने मार्छन्!

अफगानिस्तानबाट ‘अहमद’को हारगुहारः मलाई यहाँबाट चाँडो निकाल्नुस्, तालिबानले भेटे भने मार्छन्!

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १२:५६, काठमाडौँ

अफगानिस्तानमा बेलायती सेनाका लागि दोभासेको काम गर्ने अहमद (नाम परिवर्तन) ले आफ्नो उद्धारका लागि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग हारगुहार गरेका छन्। 

उनले आफू र आफ्नो परिवारलाई अफगानिस्तानबाट निकाल्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। 

अहमदले भनेका छन्, ‘अफगान पुनर्वास सहायता नीतिअन्तर्गत मलाई गत हप्ता बेलायत आउने अनुमति दिइएको थियो, तर त्यसको भोलिपल्टै तालिबानले काबुल कब्जा गर्यो।’

उनका अनुसार उनी, उनकी चिकित्कस पत्नी र उनका ६ वर्षीय छोरा अफगानिस्तानमा ‘डरलाग्दो’ अवस्थामा फसेका छन्। 

उनले बीबीसीसँग भनेका छन्, ‘काबुल तालिबानको हातमा परेपछि एक किसिमले हाम्रो  जिन्दगी बर्बाद भएको छ। हामी खाल्डोमा फसेका छौं।’  (सुरक्षाका लागि उनको परिचय गोप्य राखिएको हो, नाम परिवर्तन गरिएको हो।)

तालिबानले बदलाको भावना राखेर कसैलाई कुनै कारबाही नगर्ने त बताएको छ, तर आफूलाई उसको विश्वास नभएको अहमदले बताएका छन्। 

उनी भन्छन्, ‘तपाईंलाई थाहै छ– तालिबानको कुनै भर छैन। यदि उनीहरूले मलाई भेटे भने मप्रति दया गर्ने छैनन्। मैले बेलायती फौजसँग मिलेर गस्ती गरेको छु र उनीहरूसँग काँधकाँध मिलाएर धेरैपटक विशेष अभियानमा हिँडेको छु।’

उनले अगाडि भनेका छन्, ‘उनीहरूले मलाई देख्नासाथ चिन्ने भएकाले म बाहिर निस्केँ भने मेरो ज्यानलाई ठूलो खतरा हुने सम्भावना छ। मलाई मार्ने नै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .