राजनीति


'एमाले मिल्दा माधव नेपालसँगै छौँ, नयाँ पार्टीमा साथ दिन सकिएन'

'एमाले मिल्दा माधव नेपालसँगै छौँ, नयाँ पार्टीमा साथ दिन सकिएन'

सागर न्यौपाने
भदौ ३, २०७८ बिहिबार २१:३, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माधव नेपालले गठन गर्ने नयाँ पार्टीमा नजाने बताएका छन्।

नेपालले बुधबार नेकपा एमाले (समाजवादी) गठन गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। नेपालले दर्ता गराएको ९५ सदस्यीय नयाँ पार्टीमा ज्ञवालीको नाम छैन।

लामो समय नेपालनिकट ज्ञवालीले आफू एमाले विभाजनको पक्षमा नउभिने अडान लिएका हुन्। एमाले एकता बचाउने प्रयासका लागि नेपाल समूहमा लागे पनि तर अब विभाजनमा नजाने उल्लेख गरे।  

‘एमाले एकतावद्ध गर्ने गरी हामीले असार २७ गते १० बुँदे सहमति गरेका छौँ,’ नेपालखबरसँग कुरा गर्दै ज्ञवालीले भने, ‘त्यहीकारण एकता गर्ने अवस्था हुँदा हुँदै गठन गर्न लागिएको नयाँ पार्टीमा सहभागी हुन सकिदैँन।’

ज्ञवालीले माधव नेपालले सल्लाह नै नगरी नयाँ पार्टी गठन गरेको पनि गुनासो गरेका छन्।

‘नयाँ पार्टी गठनका लागि सल्लाह गर्न माधवजीले स्थायी कमिटीको बैठक पनि राख्नुभएन', ज्ञवालीले अगाडि भने, 'पार्टी एकतावद्ध गराउने प्रयास भइरहेका बेला नयाँ पार्टी बनाएपछि उहाँलाई साथ दिन सक्दैनौँ।’

एमालेमै रहँदा माधव नेपाललाई साथ दिए पनि नयाँ दल बनाएर जान नसकिने उनले सुनाए। ‘अरु सबै कुरामा म लगायतका साथीहरु माधवजीसँगै रहेका थियौँ', उनले भने, 'तर हामी नयाँ दल बनाउने कुरामा सहमत हुन सकेनौँ, त्यसमा हाम्रो साथ हुने छैनौँ।’

पार्टीभित्र अध्यक्ष केपी ओलीसँग संघर्ष गर्न सकिने उनले बताए।‘ओलीले हाम्रा केही प्रस्ताव ''रिजेक्ट' गर्नुभयो। जसले एकता प्रक्रियामा माधव नेपाललाई मिलाउने प्रयास विफल भयो,’ ज्ञवालीले थपे,  ‘१० बुँदेको आधारमा पार्टी एकता गर्न सकिने सम्भावना देखेर हामी लागि परेका छौँ। हामी पार्टीमै बसेर अध्यक्ष ओलीसँग संघर्ष गर्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad