नेकपा एमालेका सचिव गोकर्ण विष्टले मंगलबार माधवकुमार नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
उनले एमालेलाई एकतावद्ध बनाउन हदैसम्मको प्रयास रहिरहेका बेला गरिएको इो कारबाहीले झन् समस्या बल्झाउने पनि बताएका छन्।
'नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेका लागि थप बल पुगेको छ', उनले भनेका छन्, 'एकता पक्षधरलाई निराश बनाएको छ । हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ।'
विष्टले एमालेमा देखिएको असामान्य परिस्थितिमा सबै जिम्मेवार हुनुपर्ने पनि बताएका छन्।
'हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ', उनले भनेका छन्, 'यस्तो अवस्थामा नेता नेपालसहितका संसदमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष ओलीसँग हार्दिक आग्रह गर्दछु।'
Shares

प्रतिक्रिया