कारोबार


हिमालयन बैंक र डिस्कभर्स फाइनान्सियलबीच क्रेडिट कार्डसम्बन्धी सम्झौता

हिमालयन बैंक र डिस्कभर्स फाइनान्सियलबीच क्रेडिट कार्डसम्बन्धी सम्झौता

नेपालखबर
भदौ १, २०७८ मंगलबार १४:२, काठमाडौँ

हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। 

साथै डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ। उक्त सम्झौतापत्रमा हस्ताक्षर भएपश्चात् बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले हिमालयन बैंकले डाइनर्स क्लब अन्तर्राष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सञ्जालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे। 

उनले चाँडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड सञ्जालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरु स्वीकार गर्ने क्षमता प्रदान गरेको जानकारी दिए। 

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटीएम तथा ५ हजारभन्दा बढी पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको छ। 

यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, द.कोरिया, ब्राजिल, टर्किका गठबन्धन सञ्जालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटीएम तथा पस टर्मिनलका सञ्जालमा प्रयोग गर्न सक्नेछन्। त्यसका साथै दोस्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ। 

डिस्कभर्स ग्लोबल संजालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रिय निर्देशक यानी झाङ्गले हिमालयन बैंकसंगको सहकार्यले नेपालमा उक्त कार्ड स्वीकार हुन सुरु हुँदा आफ्नो उपस्थिति आफ्ना पार्टनसहरुका आशाबमोजिम अन्तर्राष्ट्रिय बजारमा बढाउँदै गएको जानकारी गराए। 

भारत, चीन, जापान, कोरियाको नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ। 

नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे, भिसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एण्ड डिस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक हो। हिमालयन बैंक नेपालमा अमेरिकन एक्सप्रेस ब्राण्डको कार्ड जारी तथा स्विकार गर्ने एकमात्र साझेदार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad