सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएपछि नेकपा एमालेले आकष्मिक रुपमा बोलाएको स्थायी कमिटीको बैठक च्यासलमा सुरु भएको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले दल विभाजन गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेले आकस्मिक स्थायी कमिटीको बैठक राखेको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकले सरकारको सम्भावित निर्णयको प्रतिरोधका लागि रणनीति बनाउने बुझिएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लेखराज भट्टबाहेकका सबै नेता उपस्थित भइसकेका छन् ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका कोही पनि नेताहरु अहिलेसम्म बैठकमा पुगेका छैनन् ।
सरकारले अध्यादेश ल्याउनको लागि हिजो सोमबार संसदको बर्खे अधिवेशन अन्त्य गरेको थियो ।
Shares
प्रतिक्रिया