नेकपा (माओवादी केन्द्र)ले समाजवादी क्रान्तिमा जाने गरी पार्टीको दीर्घकालीन कार्यक्रम बनाएको छ।
शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै सो रणनीति अख्तियार गरेको हो।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार माओवादी केन्द्रले समाजवादी क्रान्तिमा जाने रणनीति तय गरेको छ भने समाजवाद उन्मुख समृद्धि पार्टीको कार्यक्रम हुनेछ।
नेकपा माओवादी केन्द्रले क्रान्तिकारी पार्टी निर्माण पनि गर्ने भएको छ। ०५२ देखि सशस्त्र संघर्ष गर्दै आएको माओवादीले त्यतिखेरै देखि आफूलाई क्रान्तिकारी भन्दै आएको हो।
141
Shares

प्रतिक्रिया