राजनीति


अमेरिकी सेना फर्किएसँगै तालिबानले यसरी कब्जा गर्‍यो अफगानिस्तान (समय–रेखा)

अमेरिकी सेना फर्किएसँगै तालिबानले यसरी  कब्जा गर्‍यो अफगानिस्तान (समय–रेखा)

नेपालखबर
साउन ३१, २०७८ आइतबार १६:३५, काठमाडौँ

तालिबानले विद्रोही गतिविधि तीव्र पारेको पाँचौँ महिनामा पूरै अफगानिस्तान आफ्नो कब्जामा लिन सफल भएको छ। 

गत अप्रिलदेखि तालिबान अफगान सरकारविरुद्ध सशस्त्र युद्धमा एकपछि अर्को विजय हासिल गर्न सफल भएको हो। 

खासगरी अमेरिकी सेना अगस्टमा बाहिरिने घोषणा नै तालिबानी विजयको ‘टर्निङ पोइन्ट’ बन्यो। 

यस्तो छ तालिबानी सत्ता कब्जा यात्रा :
अप्रिल :
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिने क्रम मेबाटै सुरु हुने घोषणा गरे। उनले यो वर्षको सेप्टेम्बर ११ सम्ममा अमेरिकी सेना बाहिरिसक्ने मिति तोकेका थिए। 

मे : सोसँगै तालिबानले अफगान सुरक्षाकर्मीविरुद्ध दक्षिणी प्रान्त हेल्मन्डमा मुख्य आक्रमण गर्यो। योक्रम अन्य प्रान्तमा समेत विस्तार भयो। 

जुन : ३७० जिल्लामध्ये ५० भन्दा धेरै जिल्ला तालिबानले कब्जा गरेको थियो। तालिबानले उत्तरी अफगानिस्तानमा पनि शृंखलाबद्ध आक्रमण गर्यो। यो भनेको दक्षिणतर्फको तालिबानी पकडभन्दा बाहिरी क्षेत्र हो। 

जुलाई २१ : तालिबानले कुलमध्ये आधाजसो जिल्ला कब्जा गरिसकेको थियो।  

अगस्ट ६ : तालिबानले दक्षिणमा पहिलो प्रान्तीय राजधानी जरन्ज कब्जा गर्यो। जुन वर्षौँपछि उनीहरुले पाएको पहिलो सफलता थियो। 

अगस्ट १३ : एकैदिन दोस्रो ठूलो सहर कान्दाहारसहित चार प्रान्तीय राजधानी कब्जा गर्न सफल भयो। 

अगस्ट १४ : उत्तरी सहर माजार इ शारिफ तालिबानको कब्जामा पुग्यो। 

अगस्ट १५ : कुनै लडाइँविनै पूर्वी सहर जलालावाद तालिबानले कब्जामा लियो। जुन काबुल नजिकैको सहर हो।  बीबीसीबाट

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad