राजनीति


माओवादी बैठकमा टिप्पणी : सरकारमा जाने नेताको वर्ग उत्थान भयो, जनताको हालत उस्तै छ

माओवादी बैठकमा टिप्पणी : सरकारमा जाने नेताको वर्ग उत्थान भयो, जनताको हालत उस्तै छ

नेपालखबर
साउन ३१, २०७८ आइतबार १६:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नीति अनुसार जनताको जीवनशैली फेरिन नसकेको कुरा उठेको छ। 

शनिबार गठित आठवटा समूहबाट भएको रिपोर्टिङका क्रममा सरकारमा जाने नेताहरुको जीवनशैली बदलिए पनि आधारभूत वर्गको जीवनस्तर उस्तै रहेको बताइएको हो। 

समूहगत रिपोर्टिङ गर्दै नेताहरुले १४ वर्षयता माओवादी कुनै न कुनै रुपमा सरकारमा भए पनि अहिलेसम्म उल्लेख्य उपलब्धि हुन नसकेको बताएका हुन्। 

'१४ वर्षयता माओवादी पार्टी कुनै न कुनै रुपमा सरकारमा छ। सरकारमा गएर हामीले के के गर्न सक्यौं र के गर्न सकेनौं? गम्भीर समीक्षा हुनु पर्दछ', सुझाव दिँदै एक नेताले भने, 'जनताको नजरबाट हेर्दा उज्यालो नेपाल अभियानबाहेक अन्यमा पार्टी फिल छैन।'

समूहगत सुझावका क्रममा सरकारमा गएका केही नेता सम्पन्न भए पनि आधारभूत जीवन उस्तै रहेको नेताहरुले बताएका छन्। 

'सरकारमा गएर केही मानिसहरुको वर्ग उत्थान भएको होला तर आधारभूत बर्गको जीनस्तरमा कुनै परिवर्तन आएको छैन । त्यसलाई छुन समेत सकिएको छैन', रिपोर्टिङका क्रममा नेताहरुले भने, 'पार्टी सरकारमा जाँदा आफ्नै पार्टी पंक्ति र समर्थक समूह खुशी भएको देखिँदैन। यसको कारण खोजी गर्नु पर्दछ।'

बैठकमा सरकारमा प्रतिनिधित्वबारे ठोस विधि आश्यक रहेको पनि सुझाव नेताहरुले दिएका छन्। 'जसले जे गरे पनि हुने अवस्थाको अन्त्य गर्नु पर्दछ। सरकारका कामबारे पार्टीमा शुरुमा दृष्टिकोण र कार्ययोजना बनाउन तथा सरकार बनेपछि
निरन्तर सहयोग र विमर्श गर्न पार्टी संयन्त्र वा विभाग प्रभावकारी बनाउनुपर्दछ,' सुझाव दिँदै नेताहरुले भनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad