कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गइरहेको अहिलेको अवस्थामा सामानहरूलाई जीवाणुरहीत बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार २ देखि ६ मिनेटभित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत भन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ। भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ।
भाइरोसिल्डमा विविध सरसामग्रीहरु राख्न मिलेता पनि औषधि, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु नहुने कम्पनीले जानकारी दिएको छ।
आईसीएमआर ल्याब तथा सीएसआईआर अर्गनाइजेशनद्वारा सर्टिफाईड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ।
गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ

प्रतिक्रिया