ad ad

समाज


हाइटीमा भूकम्प अपडेटः ३ सयभन्दा बढी व्यक्तिको मृत्यु, १८ सयभन्दा बढी घाइते

हाइटीमा भूकम्प अपडेटः ३ सयभन्दा बढी व्यक्तिको मृत्यु, १८ सयभन्दा बढी घाइते

नेपालखबर
साउन ३१, २०७८ आइतबार ८:२५, काठमाडौँ

हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पका कारण ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। 

त्यहाँको नागरिक सुरक्षा एजेन्सीका अनुसार भूकम्पका कारण अहिलेसम्म ३ सय ४ जनाको  मृत्यु भएको पुष्टि भएको हो। साथै १ हजार ८ सयभन्दा बढी जना घाइते भएका छन्। 

हताहती हुने मानिसको संख्या बढ्न सक्ने बताइएको छ। 

शनिबार हाइटीमा ७।२ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो। 

यूएस जियोलोजिकल सर्भेका अनुसार हाइटीको राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा भूकम्प गएको हो। जसको गहिराई १० किलोमिटर थियो। 

रोयटर्सका अनुसार भूकम्प गएसँगै सुनामी पनि आउन सक्ने चेतावनी दिइएको छ।

यसअघि ११ वर्षअघि पनि हाइटीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने हजारौं मानिसको मृत्यु भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .