अहिले अफगानिस्तानमा विद्रोही समूह तालिबानले एकपछि अर्काे स्थान कब्जा गरिरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीमध्ये आधाभन्दा बढीवटा नियन्त्रणमा लिइसकेको छ भने केन्द्रीय राजधानी काबुल पनि घेराबन्दीमा पारिसकेको छ।
–अफगान सरकारको सबैभन्दा बलियो गढ पनि तालिबानको कब्जामा, काबुल जोगाउन अब मुस्किल
यसैकारण अहिले विभिन्न देशले त्यहाँ रहेका आफ्ना कूटनीतिज्ञ, कर्मचारी तथा नागरिकलाई धमाधम फिर्ता ल्याउने प्रयास जारी राखेका छन्।
यसै क्रममा त्यहाँ रहेका नेपालीलाई पनि तुरुन्त स्वदेश फिर्ता गराउन विभिन्न दलका नेता तथा सरोकारवालाहरूले सरकारलाई अनुरोध गरिरहेका छन्। तर अहिलेसम्म कुनै पहल हुन सकेको छैन।
बरु अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत झन्डै ३ सय नेपालीलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। त्यहाँ कार्यरत एक नेपालीका अनुसार अमेरिकाले आफूहरूलाई नेपाल पठाउने तयारी गरेको हो। चाँडै स्वदेश फर्काइदिने भनिए पनि मिति तोकिएको छैन।
श्रम मन्त्रालयको तथ्यांकअनुसार अफगानिस्तानमा १४ हजार ५ सय ६५ नेपाली कार्यरत छन्। यो श्रम स्वीकृति लिएर पुगेका नेपालीको संख्या हो। अन्य माध्यमबाट गैरकानुनी रूपमा अफगानिस्तान पुगेका नेपालीको तथ्यांक सरकारसगँ छैन। त्यहाँ धेरैजसो नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन्।
Shares

प्रतिक्रिया