राजनीति


नवलपरासी र बर्दियामा आज ठाकुर-महतो समूहको जिल्ला भेला

नवलपरासी र बर्दियामा आज ठाकुर-महतो समूहको जिल्ला भेला

नेपालखबर
साउन २५, २०७८ सोमबार ९:१, काठमाडौँ

पार्टीको आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षले आज (सोमबार) पनि तराई मधेशका दुई जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर-महतो समूह यतिबेला दलबिहीनको अवस्थामा छ। नयाँ पार्टी गठनको तयारीस्वरुप यो समूह अहिले तराईका सबै जिल्लामा कार्यकर्ता भेला आयोजना गरिरहेको छ। यो समूहले आज नवलपरासी र बर्दियामा अगुवा कार्यकर्ता भेला गर्न लागेको हो।

गएको शुक्रबारदेखि सुरु भएको भेला आगामी ९ भदौसम्म सञ्चालन हुने ठाकुर महतो समूहले जनाएको छ। 

ठाकुर महतो समूहले महोत्तरी, सप्तरी, सिरहा, बारा, झापा, धनुषा, पर्सा, कैलाली, सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा अगुवा कार्यकर्ता भेला गरिसकेको छ।

आज नवलपरासीमा हुने भेलालाई नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र मुकेश झाले सम्बोधन गर्दैछन्। त्यसैगरी बर्दियामा एकबाल अहमद र सुनिल रोहितले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .