समाज


दुर्घटनामा दुईजनाको मृत्यु

दुर्घटनामा दुईजनाको मृत्यु

नेपालखबर
साउन २४, २०७८ आइतबार ११:२१, काठमाडौँ


सप्तरी र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाराको आदर्श कोतवाल गाउँपालिका–३ घर भएकी ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

सुनसरीको चतराबाट फर्कँदै गरेको ना४ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना४ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको हो।

घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु¥याएको थियो। उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्याङ्कर र त्यसका चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

यसैबीच सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चिरौली चोकमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय हेमन्त उराँव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ४११५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक इनरुवा–९ का ४० वर्षीय बाबुराम उराँव समान्य घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका हेमन्तको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad