जनता समाजवादी पार्टीको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले सर्वाेच्च अदालतबाट न्याय पाउने आशा व्यक्त गरेका छन्।
यस क्रममा उनले यादव पक्षविरुद्ध तीव्र आक्रोश पनि पोखेका छन्।
आफूले उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई उद्धार गरेको तर अहिले धोका दिएको आरोप पनि ठाकुरले लगाएका छन्।
उनले यादवलाई ६ वटा प्रश्न पनि गरेका छन्।
बुधबार विज्ञप्ति जारी गरी ठाकुरले यादवलाई सोधेका छन्, ‘के आन्दोलनकारीहरूमाथि लागेको मुद्दा फिर्ता तथा बन्दी रिहाइ गराउनु गल्ती हो? के मधेसी अधिकारको लागि लड्ने एउटा पार्टी (समाजवादी पार्टी) फुट्दै गर्दा आफू जोखिम मोलेर पनि पार्टी बचाउनु अपराध हो? के नागरिकताको लागि अध्यादेश ल्याउन लगाउनु त्रुटि हो? के संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु गल्ती हो? के उत्पीडित जातजाति र समुदायहरूको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरि दबाब दिनु अपराध हो?’
विस्तृत तलको अपिलमा पढ्नुहोस्ः
Shares

प्रतिक्रिया