पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।
भारतीय राजधानी सहर दिल्लीस्थित अपोलो अस्पतालमा बुधबार खनालको मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
दिल्लीमा खनालको डा. अखिल मिश्रको नेतृत्वमा उपचार भइरहेको छ।
भट्टराईका अनुसार खनाल केही दिन दिल्लीमै आराम गरेर स्वदेश फर्कनेछन्।
खनाललाई उपचारका लागि गत असार २ गते दिल्ली लगिएको थियो।
15
Shares

प्रतिक्रिया